अभियान लघुवित्तको संस्थापक तथा कर्मचारी सेयरको लकइन साउन २९ गते सकिने

सोमबार, २३ असार २०८२, १४ : ०८

काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र कर्मचारीहरूको सेयरको लकइन अवधि साउन २९ गते समाप्त हुने भएको छ ।

संस्थाले सूचना प्रकाशित गर्दै लकइन समाप्त हुने जानकारी दिएको हो । 

नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको हालैको निर्देशिका अनुसार यस संस्थाले आफ्ना लगानीकर्ता र सरोकारवालाहरूलाई आफ्ना प्रवर्द्धकहरू र कर्मचारीहरूको सेयरको लागि लकइन अवधि समाप्त भएको घोषणा गरेको हो ।

यस लघुवित्तको अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २५ लाख कित्ता सेयर सूचीबद्ध छ। 

जसमा संस्थापकहरूसँग १,५२५,००० कित्ता र कर्मचारीहरूसँग १२,५०० कित्ता सेयर रहेकोमा दुई वर्ष अघि आईपीओ बाँडफाँड भएको छ । यसको लकइन २ वर्षसम्म रहने बोर्डको व्यवस्था रहेको छ । 

कम्पनीको कुल चुक्ता पूँजी २५ करोड छ।

 
सोमबार, २३ असार २०८२, १४ : ०८

प्रतिक्रिया