मञ्जुश्री फाइनान्स ईटहरी शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

मंगलबार, २४ असार २०८२, १० : ४८

काठमाडौं- मन्जुश्री फाईनान्स लिमिटेड ईटहरी शाखाले लक्ष्मी माध्यमिक विद्यालय, ईटहरी ०७ बज्रालाई विभिन्न शैक्षिक तथा आवश्यकताका सामग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सामग्री हस्तान्तरण गरेको हो । जसमा २० थान पंखा,  १३ थान डस्ट्बिन,  १० थान बाल्टिन, ८ कार्टून स्यानिटरी प्याड, १ थान वाटर डिस्पेंसरका साथै १ थान कलर प्रिन्टर तथा स्क्यानर गरि करीब १ लाख ३० हजार बराबरको सामग्री विद्यालयलाई हस्तान्तरण गरेको छ ।

प्राथमिक तह देखि माध्यमिक तह सम्मका विद्यार्थीहरुलाई शिक्षा दिदै आइरहेको यस विद्यालयमा करिब साढे तीन सय अध्यनरत छन् ।

 
मंगलबार, २४ असार २०८२, १० : ४८

प्रतिक्रिया