क्याचको नयाँ मसला बजारमा, नेपालीको भान्छामा स्थापति गर्ने

शुक्रबार, २७ असार २०८२, ११ : ४०

काठमाडौं–भारतको प्रमुख एफएमसीजी समूह र मल्टी–बिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल ग्रुप (डीएस) ग्रुपको क्याच स्पाइसले नेपालमा मसलाहरु ल्याउने भएको छ । कम्पनीले स्ट्रेट मसला, विविध मिश्रित मसला, पेस्ट तथा साबुत मसलालाई समावेश गरि भित्र्याउन लागेको हो । क्याच स्पाइसले नेपालमा आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सामा पुर्‍याउने लक्ष्य राखेको छ । क्याच मसलाले आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने उद्देश्य लिएको छ ।

नेपालको समृद्ध क्यूलिनरी परम्परा र विशिष्ट सांस्कृतिक पहिचान भएको बजारमा ब्रान्डको स्वभाविक विस्तारलाई संकेत गर्दछ । कम्पनीले लो टेम्प्रेचर ग्रिन्डिङ्ग प्रविधिको प्रयोग गर्दछ । यसले मसलाको प्राकृतिक बास्ना, तेल, रङ्ग र स्थायीत्वलाई जोगाइराख्दछ ।

क्यास मसला काठमाडौं उपत्यकामा उपलब्ध छ । छिटै अन्य स्थानमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । यो ब्राण्ड भाटभटेनी जस्ता मोडर्न ट्रेड स्टोर, खुद्रा स्टोर, नेपाली सेनाका क्यान्टिन, सामान्य खुद्रा पसल, होटल, रेस्टुरेन्ट, क्याफे तथा दराज जस्ता इ–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । 

शुक्रबार, २७ असार २०८२, ११ : ४०

प्रतिक्रिया