काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
जसअनुसार सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सहायक लगायतका पदमा दरखास्त दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित मितिले ३० दिनभित्र आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया