सुनको मूल्य बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

आइतबार, २९ असार २०८२, १० : ४६

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । यसअघि शुक्रबार तोलामा २२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २२ सय ८५ कायम भई नयाँ रेकर्ड बनाएको छ । 

 
आइतबार, २९ असार २०८२, १० : ४६

प्रतिक्रिया