स्वस्तिक लघुवित्तको आईपीओमा पर्‍यो ६ करोड ३६ लाखको आवेदन

आइतबार, २९ असार २०८२, १२ : ५०

काठमाडौं- स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा ६ करोड ३६ लाख ५६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

सीडीएसका अनुसार आज असार २९ गते आइतबार बिहान १०ः६ बजेसम्म ३९ हजार ५७७ जनाले ६ लाख ३६ हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २७.५५ गुणा बढी आवेदन हो । 

स्वस्तिक लघुवित्तले असार २७ गतदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । 

जसमध्ये पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरिएको हो । साथै, ०.५० प्रतिशतले हुने ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ५ प्रतिशतले हुने ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरूलाई छुट्टाइएको छ ।

यसबाहेक बाँकी रहने १ लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत आवेदन दिन सकिनेछ । इक्रा नेपालले यस लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्नमा जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ बी रेटिङ प्रदान गरेको छ ।

 
 
 
आइतबार, २९ असार २०८२, १२ : ५०

प्रतिक्रिया