सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, ३० असार २०८२, १० : ४८

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । यससँगै आइतबार तोलामा २२ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २३ सय १५ रुपैयाँ पुगेको छ । 
 

 
सोमबार, ३० असार २०८२, १० : ४८

प्रतिक्रिया