काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडलाई दिएको छ ।
संस्थाले साउन १ गतेदेखि लागू हुने गरी एनआइएमबि एस क्यापिटललाई रजिष्ट्रार नियुक्त गरेको हो । अबदेखि कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरू सोही क्यापिटलमार्फत सञ्चालन हुनेछन् ।
यससँगै अब सेयरधनीहरूले सेयर अभिलेखीकरण, नामसारी, लाभांश वितरणलगायतका सेवा एनआइएमबि एस क्यापिटलमार्फत प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया