छिमेक लघुवित्तको करिब साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सोमबार, ३० असार २०८२, १५ : ४९

काठमाडौं- छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । 

कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको यो सेयरको प्रतिकित्ता न्यूनतम भाउ ३९० रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज सोमबारबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन पेस गर्नु पर्नेछ । 

तोकिएको समयमा संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
 

 
सोमबार, ३० असार २०८२, १५ : ४९

प्रतिक्रिया