काठमाडौं- मन्जुश्री फाइनान्स लिमिटेडले मूनलाईट सेकेण्डरी स्कूललाई छात्रवृत्ति प्रदान गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनन्त सेवा आश्रममार्फत स्कूललाई रु १ लाख ८६ हजार बराबरको रकम हस्तान्तरण गरेको हो ।
मन्जुश्री फाइनान्सकोतर्फबाट फाइनान्सका चिफ बिजनेस अफिसर गणेश खत्री, अनन्त सेवा आश्रमका प्रमुख कार्यकारी अधिकृत उदय राजभाटले मूनलाईट स्कूलको प्रध्यानाध्यापक इश्वोर गुरुङ्गलाई सयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । फाइनान्सले सोहि विध्यालयमा अध्यनरत दुइ छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
सामाजिक सेवामा अग्रसर मन्जुश्रीले २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ ।
मन्जुश्रीले हालसम्म रु २२ अर्ब निक्षेप संकलन गरि करिब १८.२ अर्ब कर्जा परिचालन गरेको छ । फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।
प्रतिक्रिया