‘डाना कप २०२५’ मा पहिलोपटक महिला टिम सहभागी हुँदै

मंगलबार, ३१ असार २०८२, १५ : ३६

काठमाडौं- डेनमार्कमा आयोजना हुने प्रतिष्ठित डाना कप २०२५ मा नेपालबाट तीन विद्यालय टोलीले सहभागिता जनाउने भएका छन् । 

औरियम एकेडेमीको नेतृत्वमा रातो बंगला स्कुलका दुई टोली र संस्कृति इन्टरनेसनल स्कुलको एक टोलीले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

रातो बंगला स्कुलबाट यू–१२ ब्वाइज टोली र यू–१४ गल्र्स टोली तथा संस्कृति इन्टरनेसनल स्कुलबाट यू–१४ ब्वाइज टोली सहभागी हुनेछन् । विशेष गरी नेपालबाट महिला टिमले सहभागिता जनाउन लागेको यो पहिलोपटक हो, जसले प्रतियोगितामा नेपालको समावेशी उपस्थिति सुनिश्चित गर्नेछ ।

सन् १९८२ देखि सुरु भएको डाना कप हरेक वर्ष डेनमार्कमा आयोजना हुँदै आएको छ, जसमा विश्वभरका युवा टोलीहरू सहभागी हुन्छन् । 

प्रतियोगिताका लागि नेपाली टोली जुलाई २० मा प्रस्थान गर्ने र जुलाई २८ मा स्वदेश फर्कने तालिका तय भएको छ ।
 

 
मंगलबार, ३१ असार २०८२, १५ : ३६

प्रतिक्रिया