काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेड नेपालगन्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वस्थ प्रवर्द्धन केन्द्र सञ्चालन गर्न करिब १ लाख बराबरको स्वास्थ्य उपकरण तथा केमिकल व्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरू हस्तान्तरण गरेको छ ।
कार्यक्रममा मञ्जुश्री फाइनान्सलाई प्रतिनिधित्व गर्दै नेपालगन्ज शाखाकी कार्यालय प्रमुख स्नेहा भुसालले नगरपालिकालाई सो सामग्री वितरण गरेकी हुन् ।
आफ्ना विभिन्न शाखाहरू मार्फत मञ्जुश्री फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पुरै जोसका साथ पुरा गर्दै आएको छ भने आगामी दिनहरूमा पनि अझै समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ ।
मञ्जुश्री फाइनान्सले २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ ।
प्रतिक्रिया