काठमाडौं– विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौंसँग पुनः आफ्नो आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा सहकार्य गर्ने भएको छ ।
नेपालको एक प्रिमियम हस्पिटालिटी ब्रान्डसँग गत वर्षको सफल सहकार्य पछि पुनः सहकार्य गर्न पाउँदा टिमले सकारात्मक अपेक्षा लिएको छ। हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौं आफ्नो अत्याधुनिक आराम, उत्कृष्टसेवा र स्थानीय संस्कृतिको झल्को दिने आकर्षक वातावरणका लागि प्रसिद्ध छ। यो सहकार्यले खेलकुद र हस्पिटालिटी क्षेत्रको उत्कृष्टतालाई सँगै अघि बढ्ने साझा दृष्टिकोण प्रस्तुत गरेको छ।
यस सहकार्यपछि विराटनगर किंग्सका खेलाडी, अफिसियलहरू तथा महत्वपूर्ण पाहुनाहरूले प्रतियोगिता अवधिभर प्रिमियम हस्पिटालिटी अनुभव गर्न पाउनेछन्।
हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौंसँग पुनःसहकार्य गर्न पाउँदा खुसी भएको बताउँदै विराटनगर किंग्सको व्यवस्थापन टिमले गत वर्ष टिममा सकारात्मक माहोल सिर्जना गरेको र यो वर्ष पनि सँगै काम गर्न आतुर रहेको बताएको छ ।
विराटनगर किंग्स नेपाल प्रिमियर लिग अन्तर्गत कोसी प्रदेशको प्रतिनिधित्व गर्ने प्रतिष्ठित क्रिकेट फ्रेन्चाइज हो।
प्रतिक्रिया