मन्जुश्री फाइनान्सद्वारा ‘मेरो पहिलो बचत खाता’ सार्वजनिक

विहीबार, ०१ साउन २०८२, १० : ३६

काठमाडौं- मन्जुश्री फाइनान्स लिमिटेडले मेरो पहिलो बचत खाता नामक बचत खाता सार्वजनिक गरेको छ  । 

वित्तीय पहुँचभन्दा बाहिर रहेका ग्राहकहरूका लागि विशेष ल्याइएको यो बचत खातामा रु १०० को मौज्दात फाइनान्सले आफ्नो तर्फबाट जम्मा गरिदिने बताएको छ । 

हालसम्म रु २२ अर्ब निक्षेप संकलन गरी करिब १८.२ अर्ब कर्जा परिचालन गरेको यस मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ । फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराई रहेको छ।

 
 
 
विहीबार, ०१ साउन २०८२, १० : ३६

प्रतिक्रिया