काठमाडौं- एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सभा बुधबार पोखराको होटल सिटी स्क्वायरमा सम्पन्न भएको हो ।
सभाले कम्पनीको संस्थापकतर्फको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
यसै सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया