अर्थ मन्त्रालयको नयाँ प्रावधान : विकास आयोजनाको काम तीन सिफ्टमा गर्नुपर्ने

शुक्रबार, ०२ साउन २०८२, ११ : १८

काठमाडौं–दुई सिफ्टमा मात्रै भएको पूर्वाधार निर्माणको काम अब ३ सिफ्टमा गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धि मार्गदर्शन अनुसार उक्त निर्देशन जारी गरेको हो । आयोजना कार्यान्वयन तीव्रता ल्याउन दैनिक तीन सिफ्टमा काम हुने व्यवस्था मिलाउन मार्गदर्शनमा उल्लेख छ । जग्गा प्राप्ती, वन क्षेत्रको स्वीकृति लगायत तयारी पूरा भएका आयोजनालाई शीघ्र खरिद प्रक्रियामा लैजाने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

आयोजना प्रमुखहरु आयोजना सम्पन्न नभएसम्मको लागि परिवर्तन नहुने व्यवस्था गरिएको छ । यसअघि आयोजना प्रमुखहरुको सरुवा जुनसुकै बेला पनि गरिन्थयो । आयोजनाको प्रभावकारी कार्यान्वयन गरि तोकिएको समयमा नै सम्पन्न गर्न आन्तरिक प्रतिस्पर्धाको आधारमा आयोजना प्रमुख छनौट गर्ने र कार्यसम्पादन सम्झौतामा तोकिएको न्युनतम अंक हासिल नगरेमा बाहेक आयोजना अवधिभर सरुवा नगर्ने गरि मापदण्ड तयार गरि कार्यान्वयन गर्न मार्गदर्शनमा उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद सम्बन्धी नमुना बोलपत्र कागजात निर्माण, परिमार्जन र नेपालीकरण गरिने भएको छ । नतिजाप्रति आयोजना प्रमुख र निर्माण व्यवसायीलाई थप जवाफदेही बनाउने विषय पनि यसमा समेटिएको छ । आयोजनासँग सम्बन्धित विवादको समाधनका लागि मध्यस्थता प्रक्रियालाई कानूनसम्मत पारदर्शी र जिम्मेवार बनाउन पनि मार्गदर्शनमा उल्लेख गरिएको छ ।  

 
शुक्रबार, ०२ साउन २०८२, ११ : १८

प्रतिक्रिया