सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, ०२ साउन २०८२, ११ : २६

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।  शुक्रबार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य १५ रुपैयाँ वृद्धि भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार २८० रुपैयाँ कायम भएको छ । 

यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० र चाँदीको २ हजार २६५ रुपैयाँ कायम भएको थियो । 

 
शुक्रबार, ०२ साउन २०८२, ११ : २६

प्रतिक्रिया