सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

आइतबार, ०४ साउन २०८२, १० : ४३

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै शुक्रबार तोलामा २२ सय ८० रुपैयाँ कायम भएको चाँदीको आइतबार २२ सय ८५ रुपैयाँ पुगेको छ । 
 

 
आइतबार, ०४ साउन २०८२, १० : ४३

प्रतिक्रिया