पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौता

आइतबार, ०४ साउन २०८२, १० : ५५

काठमाडौं- पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडबीच मर्जरमा जाने सम्झौता भएको छ ।

दुवै संस्थाबीच १ः१ को स्वाप रेसियोमा (एक सेयर बराबर एक सेयर) मर्जरको सहमति भएको छ। 

समृद्धि फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक सुदिप घिमिरे र पोखरा फाइनान्सको तर्फबाट मर्जर समितिका संयोजक तिलबहादुर गुरुङले संयुक्त रुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा दुवै कम्पनीका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।

मर्जरपछि संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ नाममा रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौंमा सारिनेछ। मर्जरपछि बन्ने संयुक्त संस्थाको सञ्चालक समिति अध्यक्ष समृद्धि फाइनान्सबाट चयन हुनेछ। सञ्चालक समितिमा समृद्धिबाट अध्यक्षसहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना रहने व्यवस्था मिलाइएको छ।

मर्जर पश्चात संयुक्त संस्था अझ सबल, सक्षम र उत्कृष्ट वित्तीय संस्था बन्ने दाबी गरिएको छ। 
WhatsApp Image 2025-07-20 at 10.17.23_173dfae6

 
 
 
आइतबार, ०४ साउन २०८२, १० : ५५

प्रतिक्रिया