नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

आइतबार, ०४ साउन २०८२, १७ : ०६

काठमाडौं- नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ। 

सिंगापुरमा जारी वार्षिक सम्मेलनमा आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई ग्लोबल अवार्ड्स अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’अवार्ड प्रदान गरेको हो। 

यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर अवार्ड जितेको थियो।

आईसीसी अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई अवार्ड प्रदान गरेका हुन्।   
 

 
आइतबार, ०४ साउन २०८२, १७ : ०६

प्रतिक्रिया