काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । यससँगै सोमबार तोलामा २२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार २३ सय २० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया