सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०८ साउन २०८२, १० : ४६

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यससँगै बुधबार तोलामा २३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २३ सय ३५ रुपैयाँ कायम भएको छ । 

 
 
विहीबार, ०८ साउन २०८२, १० : ४६

प्रतिक्रिया