काठमाडौं– नेपाली उपभोक्ताबीच १५ वर्षदेखि प्रिमियम गुणस्तरीय बासमती चामलको लागि भरपर्दो नाम बनिसकेको किङ फुड्स प्रालिले नयाँ उत्पादन ‘मिठास टुकुचे १४०१’ बासमती चामलको औपचारिक घोषणा गरेको छ।
उत्तरी भारतको हरियाणाबाट प्रत्यक्ष आयात गरिएको यो लामो दाना तथा सुगन्धित बासमती चामल १४०१ स्टिम भेराइटीमा आधारित छ। यसको स्वाद, वासना र बनावटले नेपाली परिकारलाई अझ स्वादिलो बनाउने दाबी कम्पनीले गरेको छ।
कम्पनीका अनुसार ‘मिठास टुकुचे १४०१’ चामल विशेष पर्व, उत्सव र दैनिकी दुबैका लागि उपयुक्त छ, जसले उपभोक्तालाई गुणस्तरमा कुनै सम्झौता नगरी सन्तुष्टि दिनेछ।
हाल यो चामल भाटभटेनी सुपरमार्केटका सबै आउटलेटहरूमा १ केजी, ५ केजी र २० केजी प्याकिङमा उपलब्ध छ। साथै, निकट भविष्यमा मेट्रोमार्ट र बिगमार्ट जस्ता प्रमुख खुद्रा स्टोरहरूमा समेत उपलब्ध गराइनेछ। स्थानीय थोक बजारहरूमा समेत यसको आपूर्ति सुरु भइसकेको जानकारी दिइएको छ।
किङ फुड्स प्रालिले यसअघि ‘मिठास’ र ‘महारानी’ जस्ता लोकप्रिय बासमती चामल ब्रान्डमार्फत नेपाली बजारमा विश्वसनीयता कायम गर्दै आएको छ। १५ वर्ष लामो यात्रामा शुद्धता, गुणस्तर र उपभोक्ता सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया