सुनको मूल्य स्थिर रहँदा चाँदीमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, १२ साउन २०८२, १० : ५५

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा कायम भएको हो । 

यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आइतबार सोमबार चाँदीको मूल्य तोलामा २२ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २२ सय ९० रुपैयाँ कायम भएको थियो । 

 
सोमबार, १२ साउन २०८२, १० : ५५

प्रतिक्रिया