काठमाडौं- समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले हाल यी सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।
इच्छुक सेयरधनीले आवश्यक कागजात सहित बनेपामा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् ।
तोकिएको म्यादभित्र निवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
प्रतिक्रिया