काठमाडौं- मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ ।
संस्थाले सदस्य बिन्ती कुमारी थारुलाई बीमाको ५ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएकी सदस्य थारुको श्रीमान् धनिराम थारुको निधनपछि बीमा दाबीबापत तीन लाख २७ हजार रुपैयाँ भुक्तानी गरेको हो । उक्त रकम राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीन कुमार थारुले हस्तान्तरण गरेका हुन् ।
बीमा रकम सूर्यज्योति लाइफ इन्स्योरेन्सको सहकार्यमा ‘सदस्य अभिभावक कर्जा बीमा’ अन्तर्गत उपलब्ध गराइएको शाखा प्रबन्धक दीपक पौडेलले जानकारी दिए ।
बिन्ती कुमारी थारु बिनौना, बाँकेको शाखाबाट सञ्चालित लघुवित्त कार्यक्रममा आबद्ध सदस्य हुन् ।
प्रतिक्रिया