सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

बुधबार, १४ साउन २०८२, १० : ४६

काठमाडौं- नेपाली बजारमा बुधबार सुुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै मंगलबार प्रतितोला २३ सय रुपैयाँ रहेको चाँदी बुधबार २३ सय १० रुपैयाँ कायम भएको हो । 

 
 
बुधबार, १४ साउन २०८२, १० : ४६

प्रतिक्रिया