कालिका लघुवित्तको नाफामा वृद्धि, ईपीएस कति ?

बुधबार, १४ साउन २०८२, ११ : ४५

काठमाडौं- कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिको तुलनामा लघुवित्तको खुद नाफा ३६.४२ प्रतिशतले बढेको हो।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफासँगै अधिकांश सूचक बढेको देखिएको छ । 

समीक्षा अवधिमा लघुवित्तले ३८ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा लघुवित्तले २५ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ५०.२९ प्रतिशत ले बढेको छ ।

लघुवित्तको कुल सञ्चालन आम्दानी ५४.९८ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ९५.८९ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड १९ रुपैयाँ रहेको छ।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड २४ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तत्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८४ करोड ७४ रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २३ पैसाले बढेर २६ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा रहेको छ।

 

 
बुधबार, १४ साउन २०८२, ११ : ४५

प्रतिक्रिया