आज सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो ?

शुक्रबार, १६ साउन २०८२, ११ : ३१

काठमाडौं- शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेर कारोबार भएको हो । 

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।  बिहीबार भने तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम  थियो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
शुक्रबार, १६ साउन २०८२, ११ : ३१

प्रतिक्रिया