काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँँमा कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा २२ सय ५० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया