काठमाडौं- आरएसडिसी लुघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः धुव्र कुमार पौडेल नियुक्त भएका छन् ।
साउन १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सीइओ र कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई भदौ १० गतेबाट लागू हुनेगरी ४ वर्षका लागि पुनः सीइओ पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया