सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

सोमबार, १९ साउन २०८२, १० : ५८

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आजथ चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । यससँगै आइतबार प्रतितोला २२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार २२ सय ५५ रुपैयाँ कायम भएको हो । 

 
सोमबार, १९ साउन २०८२, १० : ५८

प्रतिक्रिया