रेमिट्यान्सले धानेको अर्थतन्त्र

त्रिभुवन विमानस्थलमा देश छाड्नेको लर्को, एक वर्षमै बाहिरिए ८ लाख ३९ हजार नेपाली

सोमबार, १९ साउन २०८२, १६ : ३२

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँ युवाले नेपाल छाडिरहेका छन् । मुलुकभित्र रोजगारीको अभाव भएपछि बाध्यताले रोजगारीका लागि देश छाड्नेको दिनहुजसो लर्को लागिरहेको छ।

देशमै सम्भावना नदेखेर विदेशीने क्रम बढ्दा मुलुकले ठुलो युवा श्रम शक्ति गुमाइरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार हरेक दिन विदेशी रहेको जनशक्ति मध्ये अदक्ष मात्रै छैन दक्ष जनशक्तिको सङ्ख्या पनि ठुलो रहेको छ ।

गत आर्थिक वर्ष २०८१र८२ मा ८ लाख ३९ हजार २ सय ६६ जना विदेशिएका थिए । जसमध्ये ९ सय ३७ जना धेरै दक्ष नेपालीहरू विदेशिएका छन् । त्यसमा महिला भन्दा पुरुष धेरै छन् । धेरै दक्ष भएर विदेशीका पुरुषको सङ्ख्या ६ सय ९२ रहेको छ भने महिलाको त्यस्तो सङ्ख्या २४५ रहेको छ । 

त्यस्तै व्यावसायिक रूपमा जानेहरूको सङ्ख्या ४ हजार ३ सय ७२ रहेको छ । त्यसरी जसमध्ये पुरुष ३ हजार ७ सय ४९ पुरुष छन् भने ६ सय २३ जना महिला रहेका छन् । 

विदेश जाने अर्धदक्ष जनशक्तिको सङ्ख्या पनि ठुलो रहेको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार ९९ हजार ७ सय २३ जना अर्धदक्ष नेपाली एक वर्षको बीचमा श्रम स्वीकृति लिएर विदेश गएका छन् । जसमध्ये ९० हजार भन्दा बढी पुरुष छन् भने अरू महिला छन् ।  


 

 
 
सोमबार, १९ साउन २०८२, १६ : ३२

प्रतिक्रिया