सुनको मूल्य २ लाख नजिक, प्रतितोला कति ?

मंगलबार, २० साउन २०८२, १० : ५१

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा २२ सय ८० रुपैयाँ कायम भएको छ । 

 
मंगलबार, २० साउन २०८२, १० : ५१

प्रतिक्रिया