गणपति लघुवित्तको नाफामा वृद्धि, अन्य सूचकमा पनि सुधार

मंगलबार, २० साउन २०८२, १६ : ३२

काठमाडौं-  गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफासँगै अधिकांश सूचक बढेको देखिन्छ । 

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १७९.५१ प्रतिशत बढी हो।

समीक्षा अवधिमा लघुवित्तले १७ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षकाने सोही अवधिमा लघुवित्तले १२ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ४१.७१ प्रतिशत बढी हो ।

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४२.२६ प्रतिशत र सञ्चालन मुनाफा १६८.२७ प्रतिशत बढेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड ६४ लाख रुपैयाँ रहेको छ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले असार मसान्तसम्ममा २ अर्ब २७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १ पैसा बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.६६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा रहेको छ।

 

 
मंगलबार, २० साउन २०८२, १६ : ३२

प्रतिक्रिया