काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोलामा १ सय रुपैयाँले घटेको हो । यससँगै बुधबार सुन तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । यस अघि मंगलवार सुनको भाउ तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै बुधबार चाँदीको मूल्य तोलामा २३ सय ५ रुपैयाँ कायम भएको छ। मंगलवार चाँदीको मूल्य तोलामा २२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया