काठमाडौं- मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै भिडियो केवाईसी सेवा सार्वजनिक गरेको छ ।
फाइनान्सले डिजिटल क्षेत्रमा ग्राहक वर्गलाई सहज बैंकिङको सुविधाको साथै ग्राहकको समय बचत गराउने उद्देश्यले भिडियो केवाईसी सोलुसनको सुरुवात गरेको हो ।
मन्जुश्री innovation तथा digital adaptation को क्षेत्रमा अव्वल स्थानमा आफ्नो पहिचान बनाउँदै गरेको फाइनान्स कम्पनी हो ।
Tech Savvy ग्राहक तथा विदेशमा रहेका नेपालीहरूलाई मध्यनजर गर्दै फाइनान्सले सो सुविधाको सुरुवात गरेको हो । अब खाता अपडेट गर्नको लागि बैंकको शाखा पुग्नु पर्ने बाध्यतालाई हटाउनको लागि सो सुविधाको सुरुवात भएको हो ।
हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरि करिब १८.६ अर्ब कर्जा परिचालन गरेको यसे मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।
फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ ।
प्रतिक्रिया