सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

विहीबार, २२ साउन २०८२, १० : ४९

काठमाडौं- नेपाली बजारमा बहीबार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कायम भएको छ । बुधबार सामान्य घटेर यस मूल्यमा कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्य कायम भएको हो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै बिहीबार चाँदीको मूल्य प्रतितोला २३ सय १५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला २३ सय ५ रुपैयाँमा कारोबार भएको थियो । 

 
विहीबार, २२ साउन २०८२, १० : ४९

प्रतिक्रिया