सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

सोमबार, २६ साउन २०८२, १० : ५४

काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले गिरावट आएको हो । यससँगै सोमबार सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुुन तोलामा एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ । 

 
सोमबार, २६ साउन २०८२, १० : ५४

प्रतिक्रिया