नेरुडे मिर्मिरे लघुवित्तको खुद नाफा घट्यो, ईपीएस कति ?

सोमबार, २६ साउन २०८२, १३ : ४४

काठमाडौं- नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको खराब कर्जा बढेपछि खुद नाफा १५.८७ प्रतिशतले घटेको छ। कम्पनीले अघिल्लो आवको असार अन्त्यसम्म ३० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको असार अन्त्यसम्म घटेर २५ करोड ४० लाख रुपैयाँमा झरेको छ।

अघिल्लो वर्ष कम्पनीको खराब कर्जा १०.४१ प्रतिशत रहेकोमा गत वर्ष झनै बढेर ११.३२ प्रतिशत पुगेको छ। यसरी खराब कर्जा चुलिएपछि कम्पनीको नाफा घट्न पुगेको हो।

अघिल्लो वर्ष कम्पनीले ३९ करोड ७५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष घटेर ३६ करोड ३९ लाख रुपैयाँमा झरेको वित्तीय प्रतिवेदनले देखाएको छ।

यद्यपि कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ११ लाख रुपैयाँबाट बढेर १४ करोड ३४ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ११ करोड ५८ लाख रुपैयाँबाट बढेर १६ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

यता कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्ष ३१.६५ रुपैयाँ रहेकोमा गत वर्ष घटेर १८.१७ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०६.७७ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी १ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ३९ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। कम्पनीले १० अर्ब ८५ करोड रुपैयाँ सापटी लिएर २० अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरी ६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

 
सोमबार, २६ साउन २०८२, १३ : ४४

प्रतिक्रिया