सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, २७ साउन २०८२, ११ : १०

काठमाडौं- नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २३ सय ५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला २३ सय १५ रुपैयाँ रहेको थियो ।

 
मंगलबार, २७ साउन २०८२, ११ : १०

प्रतिक्रिया