छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

बुधबार, २८ साउन २०८२, १० : ०८

काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्थाले १ लाख कित्ता सेयर आज साउन २८ गतेबाट बिक्रीमा राखेको छ।

संस्थाको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थाका संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

सेयर खरिदका लागि लगानीकर्ताले भदौ ६ गतेसम्म काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा निवेदन पेस गर्न सक्नेछन् । 

 
बुधबार, २८ साउन २०८२, १० : ०८

प्रतिक्रिया