काठमाडौं– युनिलिभर नेपालले आफ्नो प्रमुख हेयर केयर ब्रान्ड ‘क्लियर’ मार्फत नेपाली दर्शकहरूलाई इङ्लिस प्रिमियर लिग (इपीएल) को रोमाञ्चक अनुभव नजिक ल्याउने सहकार्यको घोषणा गरेको छ। युनिलिभरको क्लियर स्याम्पु कान्तिपुरमा देखाइने प्रिमियर लिगमा प्रमुख प्रायोजकको रूपमा रहनेछ ।
युनिलिभरका प्रमुख फाइनान्स अफिसर आयुश शर्मा र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
युनिलिभरले विश्वभर फुटबलसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ । यसको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहने छ, जसमा सन् २०२६ को फिफा वल्र्ड कप समेत समावेश छ ।
युनिलिभरका प्रबन्ध निर्देशक अल्मान मुखर्जीले क्लियर स्याम्पु महिला विश्वकप फुटबलमा आबद्ध रहेको र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो ब्रान्ड एम्बासडर रहेको जानकारी गराए । उनले नेपालमा क्लियर ल्याउन लागेको र ईपीएल कान्तिपुरमा प्रसारण हुन लागेको एकै समय भएकाले दुवै पक्षलाई फाइदा पुगेको जनाए । उनले भारतको जनसंख्याभन्दा बढीले विश्वमा ईपीएल हेर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै एसिया प्यासिफिक क्षेत्रमा यसको लोकप्रियता अझ बढिरहेको जनाए ।
“फुटबल केवल एक खेल मात्र नभई एक साझा भावना हो, जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ। कान्तिपुर म्याक्ससँगको यस सहकार्यमार्फत हामी नेपाली दर्शकहरूका लागि इङ्लिस प्रिमियर लिगको रोमाञ्च ल्याउन पाउँदा गर्व गर्छौं । यससँगै, आत्मविश्वास र प्रदर्शनप्रतिको क्लियरको प्रतिबद्धता पनि थप प्रस्ट हुन्छ। देशभर १० मध्ये ८ घरधुरीमा युनिलिभर नेपालका उत्पादनहरू रहेका छन्, र हामी फुटबलप्रेमीहरूको यो जोशलाई साथ दिन इपिएल हेर्न सकिने समर्पित प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै खुशी छौं।” मुखर्जीले भने ।
कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वरले भने,“युनिलिभर नेपाल र क्लियरसँग मिलेर हामी नेपाली दर्शकहरूका लागि विश्व स्तरीय फुटबल मनोरञ्जन ल्याउन पाउँदा उत्साहित छौँ। यो साझेदारी हाम्रो उच्चस्तरीय कन्टेन्ट उत्पादनप्रतिको प्रतिबद्धता र खेल प्रेमी दर्शकका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने उद्देश्यको प्रमाण हो ।”
युनिलिभर नेपाल, विश्वकै प्रमुख सौन्दर्य तथा व्यक्तिगत स्याहार, घरेलु सामग्री, खाद्यान्न तथा पेय पदार्थको उत्पादक युनिलिभर समूहको एक हिस्सा हो । नेपालमा विभिन्न विश्वासिलो ब्रान्डहरूको माध्यमबाट यसले दिगो जीवनशैलीलाई सामान्य बनाउने लक्ष्य कायम गर्दै आएको छ ।
प्रतिक्रिया