लामो समयदेखि घाटामा रहेको समृद्धि फाइनान्सले कमायो ३ करोड नाफा

विहीबार, २९ साउन २०८२, १३ : १९

काठमाडौं- लामो समय अघिदेखि नोक्सानीको सामना गरेको समृद्धि फाइनान्स लिमिटेडले चौथो त्रैमासमा रु ३.१९ करोड नाफा कमाउन सफल भएको छ । फाइनान्सले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको हो । 

यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । 

प्रति सेयर आम्दानी ३.९० रुपैयाँ रहेको छ । सानो व्यवसाकीय आकारले गर्दा सञ्चालन नोक्सानीमा रहनु एवं उच्च मात्रामा निष्कृय कर्जा रहेकोमा क्रमिक रूपमा व्यवसाय वृद्धि गर्दै संस्था सञ्चालन मुनाफामा लैजाने दृढ अठोट संस्थाले लिएको छ ।

पोखरा फाइनान्स लिमिटेडसँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा अझ दरिलो, विश्वासिलो एवं सुदृढ फाइनान्सको रूपमा स्थापित भई सेयर धनीलाई उच्चतम लाभांश प्रदान गर्ने लक्ष्य लिएको छ । 

 
विहीबार, २९ साउन २०८२, १३ : १९

प्रतिक्रिया