सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

शुक्रबार, ३० साउन २०८२, १२ : ४०

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो । 

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सोही सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो । 

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।  बिहीबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
शुक्रबार, ३० साउन २०८२, १२ : ४०

प्रतिक्रिया