सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

आइतबार, ०१ भदौ २०८२, १० : ४१

काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर २३ सय १० रुपैयाँ कायम भएको छ । 

 
आइतबार, ०१ भदौ २०८२, १० : ४१

प्रतिक्रिया