सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

मंगलबार, ०३ भदौ २०८२, १२ : ०२

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको हो । 

जसअनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । सोही सुन सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यसैबिच चाँदीको मूल्य पनि घटेको छ । सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जारी गरेको सूचनामा उल्लेख छ । 

 
मंगलबार, ०३ भदौ २०८२, १२ : ०२

प्रतिक्रिया