सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०४ भदौ २०८२, १० : ५२

काठमाडौं- नेपाली बजारमा बुधबार सुन तथा चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । यससँगै बुधबार चाँदी प्रतितोला २२ सय ५५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २३०० रुपैयाँमा कारोबार भएको थियो । 
     

 
बुधबार, ०४ भदौ २०८२, १० : ५२

प्रतिक्रिया