काठमाडौं- नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा भागनारायण साहुलाई नियुक्त गरेको छ।
कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका साहुलाई कामु सीइओको जिम्मेवारी दिएको हो।
यसअघि सीइओ रहेका भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा सकिएपछि खाली रहेको पदमा साहु नियुक्त भएका हुन् ।
साहु कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।
प्रतिक्रिया