काठमाडौँ–नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । सुनसँगै चाँदीको भाउ पनि तोला २० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला २ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया